दुई महिलासहित ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो


दुई महिलासहित ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो

नेपालगन्ज :नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । योसगैं नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार राति सार्वजनिक गरेको कोरोना भाइरस अध्यावधिक तथ्यांक अनुसार बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो ।

मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै, सप्तरीको बलान–बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका–९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

योसगैं नेपालमा कोरोना भाइरस संक्रमित संख्या ५ सय १६ पुगेकोछ । भने ३ जनाको कोरोनाका कारण मृत्य भएको छ । साथै शनिबारमात्रै बाँकेमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्केकाछन् । नेपालमा कोरोनालाई जित्नेको संख्या ७० पुगेकोछ ।