बाँकेमा ४ र बर्दियामा १ जना कोरोनाका नयाँ रोगी, नेपालभरि ६०८ पुगे


सेतोखरी सेतोखरी   आइतबार, जेठ ११, २०७७
बाँकेमा ४ र बर्दियामा १ जना कोरोनाका नयाँ रोगी, नेपालभरि ६०८ पुगे

 

 

नेपालगन्ज ११ जेठ ः बाँके र बर्दिया जिल्ला थप नयाँ कारोनाका रोगी फेला परेका छन् । आइतबार बाँकेमा ४ र बर्दियामा १ जनामा कोरोना संक्रमणका नयाँ रोगी फेला परेका छन् । दाङको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा दुई जिल्लाका गरी थप पाँच जनामा कोरोना संक्रमण देखिएको हो।

बाँके जिल्लाका राप्ती सोनारी गाउँपालिका वडा नं। ५ का १६, २३, २३ र २४ वर्षीय युवाहरूमा कोरोना संक्रमण देखिएको छ। उनीहरू सरस्वती मावि भवनियापुर र नारायणपुर क्वारेन्टिनमा बसेकाहरू हुन्।

त्यसैगरी बर्दिया जिल्लाको बाँसगढी वडा नं। ९ निवासी एकजना २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०८ पुगेको छ। तीमध्ये ८७ जना उपचारपछि घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ।

दाङ, बाँके, बर्दियाको गरी २ सय २९ वटा नमूना परीक्षण गर्दा २ सय २४ जनाको रिपोर्ट नेगेटिभ आएको कायममुकायम रजिष्ट्रार देवले जानकारी दिएका छन्।