नेपालगन्ज १२ जेठ:नेपालमा कोरोनाभाइरसको संक्रमणबाट फेरी मृत्यु हुन पुगेको छ । सोमबार थप १ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या चार पुगेको छ ।
मिर्गौल रोगका विरामी ७० वर्षीय ती वृद्धको कोरोनाबाट मृत्यु भएको छ । ती वृद्धलाई मिर्गौलाको समस्या देखिएपछि विरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु उपचारका क्रममा मृत्यु भएपनि उनको रिपोर्ट कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।
नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको जानकारी दिए ।
पर्साका जिल्ला सहायक प्रमुख ललित बस्नेतले बारा कलैयाका ती वृद्धमा मिर्गौलाको समस्या पनि रहेकोे जानकारी दिए ।