एकै दिन ७२ जना कोरोना संक्रमित थपिए


सेतोखरी सेतोखरी   सोमबार, जेठ १२, २०७७
एकै दिन ७२ जना कोरोना संक्रमित थपिए

नेपालगन्ज १२ जेठ:नेपालमा एकै दिन ठुलो संख्यामा कोरोनाभाइरसका संक्रमित थपिएका छन् । सोमबार मात्र ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, सोमबार धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।