प्रमोद धिताल भेरी अस्पतालको अध्यक्षमा नियुक्त


सेतोखरी सेतोखरी   बुधबार, जेठ १४, २०७७
प्रमोद धिताल भेरी अस्पतालको अध्यक्षमा नियुक्त

 

नेपालगन्ज १३ जेठ : नेकपा एमालेका नेता प्रमोद धिताल भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा न.१ धम्बोझी निवासी धिताल ३ बर्षका लागि भेरी अस्पतालको अध्यक्षमा नियुक्त भएका हुन् ।
नेपाल सरकारको मन्त्रि स्तरिय निर्णयले नेता धिताल अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त धिताल नेकपा बाँके जिल्ला प्रचार विभाग प्रमुख हुन् । अध्यक्ष धितालले अब भेरी अस्पताललाई गुणस्तरिय सेवा प्रदान गर्ने तर्फ आफु केन्द्रित हुने सेतोखरीसँग बताए ।
‘जनताका लागि अस्पतालको गुणस्तरिय सेवा र सुविधामा कुनै कन्जुस्याई हुने छैन’ धितालले सेतोखरी सँग खुशी व्यक्त गर्दै भने ‘सबैको साथ र सहयोग चाहिन्छ, म भेरी अस्पताललाई साँच्चिकै राम्रो बनाएर देखाउछु ।’