‘संकटको बेलामा मान्छेको पहिचान हुने छ’ : नेकपा नेता खत्री


सेतोखरी सेतोखरी   बुधबार, जेठ १४, २०७७
‘संकटको बेलामा मान्छेको पहिचान हुने छ’ : नेकपा नेता खत्री

नेपालगन्ज १३ जेठ : नेकपा बाँकेका युवा नेता रत्न खत्रीले संकटको बेलामा मान्छेको पहिचान हुने बताएका छन् । त्यो पहिचान देखाउने बेला भेरी अस्पतालका नव नियुक्त अध्यक्ष प्रमोद धितालको काँधमा आएको बताएका छन् ।
अध्यक्ष धितालको नेकपा पार्टीप्रतिको लगानी र दुःखको प्रशंसा गर्दै नेता खत्रीले त्यसै कारण पार्टीले पनि प्रमोद धिताको मुल्याङ्कन गरेको बताए ।
नेकपा बाँकेका संगठन विभाग प्रमुख रहेका खत्रीले भेरी अस्पताल सुधार गर्ने अध्यक्ष धितालमाथि चुनौती थपिएको बताए । ‘संकटको बेलामा मान्छेको पहिचान हुन्छ, मलाई विश्वास छ यो संकटमा प्रमोद जी ले आफ्नो पहिचान देखाउन सफल हुनु हुने छ’ नेता खत्रीले भने ‘उहाँले आफ्नो कार्यकालमा भेरी अस्पताललाई उल्लेख्य सुधार ल्याउदै नमुना अस्पताल बनाउनु हुने छ भन्ने हामीलाई विश्वास छ ।’
उनले अध्यक्ष धिताललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना समेत दिए । धिताल मन्त्रिस्तरिय निर्णयबाट ३ बर्षका लागि भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । त्यस्तै सदस्यहरुमा नेपालगन्जका कृष्ण प्रसाद श्रेष्ठ, सरस्वती मल्ल, धनिराम गिरी रहेका छन् ।