लकडाउन जेठ ३२ गते सम्म


सेतोखरी सेतोखरी   शनिबार, जेठ १७, २०७७
लकडाउन जेठ ३२ गते सम्म



काठमाण्डौं : सरकारले जेठ ३२ गतेसम्म लकडाउनकोे निर्णय गरेको छ । शनिवार साँझ बसेको मन्त्रपिरिषदको बैठकले जेठ ३२ गते सम्म लकडाउन कायम राख्ने निर्णय गरेको हो । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदै लाग्दा उक्त निर्णय सरकारले गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने समेत निर्णय गरेको छ ।
यस्तै सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले बताए । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई सम्बन्धित देशको नेपाली दूतावासमा नाम दर्ता गराई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल आएपछि भने उनीहरु काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र जिल्ला प्रवेश पाउने छन् ।