बाँके आउन खोज्ने को–को छन् पावरवाला टप ५ एस पी ?


सेतोखरी सेतोखरी   आइतबार, जेठ १८, २०७७
बाँके आउन खोज्ने को–को छन् पावरवाला टप ५ एस पी  ?

 


नेपालगन्ज : तराईका धेरै धनराशी कमाइ हुने जिल्ला मध्यमा बाँके जिल्ला पनि पर्छ । यहाँ अवैध आम्दानी अधिक हुने भएकाले जिल्ला प्रहरी प्रमुख भएर आउन एसपीहरु तछाड् मछाड् गर्छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत एसपी वीर बहादुर वलीको एक बर्षे कार्यकाल समाप्त हुन थालेकाले यहाँ जिल्ला प्रहरी प्रमुख भएर आउनलाई एसपीहरु कम्मर कसेर लागि परेका छन् ।


जिप्रका बाँके आउनलाई पावर सेन्टर धाईरहेका छन् विभिन्न एसपीहरु । त्यति मात्र होइन् पावर माथि पावर लगाइरहेका छन् । प्र्रहरी प्रधान कर्यालयले केही एक–दुई दिनमै एसपीहरुको सरुवा निकाल्न थालेको छ । बाँकेमा एसपी बसेर गएकाहरुका अनुसार, बाँकेको प्रहरी प्रमुखले एक बर्षेको बसाईमा कम्तिमा एक करोडको हाराहरीमा अवैध कमाएर फर्किने गर्छन् । त्यसैले पनि बाँके जिल्ला प्रहरी प्रमुखको लागि आकर्षणको केन्द्र बनेको छ ।


‘जिप्रका बाँके आउनलाई ५ जना एसपी बीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।’ उच्च स्रोतले भन्यो ‘बाँके आउन विहान एउटाको नाम हुन्छ, फेरी अर्काको पावरले च्याप्छ बेलुका अर्कैको नाम १ नम्बरमा भएको हुन्छ । यहाँ पावरको कुरा छ, कहाँबाट फोन आउँछ अनि अर्कैको नाम चढिसको हुन्छ ।’ पावर माथि पावर चढिरहेकाले सिधा स्वभावका आईजिपीलाई हैरान भइरहेको उच्च स्रोतले बतायो ।


जिल्ला प्रहरी कार्यालय बाँके आउने लाईनमा बसेका एसपीहरुमा नवराज अधिकरी, माधव श्रेष्ठ, ओम राना, बेल पाण्डे र भुपेन्द्र खत्री रहेका छन् । नवराज अधिकारीमाथि नेकपा अध्यक्ष प्रचण्डकी बुहारी विना घर्तीको पावर छ भने माधव श्रेष्ठलाई विभागले रुचाएको र चौतर्फी तात्कालिन माओवादी र एमालेको पावर छ ।


त्यसैगरी ओम राना माथि गृह मन्त्री राम वहादुर थापाको छोराको पावर लागेको छ । बेल पाण्डेलाई नेकपाका सांसद तथा पूर्व डिआईजी नवराज सिलवालको पावर छ भने भुपेन्द्र खत्री काममा अब्बल मानिएकोले विभागले नै पठाउन खोजेको स्रोतले जनाएको छ । 

उता बाँकेका एसपी वीर वहादुर वलीको थमौटीको पनि कडा पावर लागेको छ । बाँकेमा नयाँ सिडओ आएकाले एसपीको हाल सरुवा गर्न हुन्न एसपी वलीलाई नै राख्नु पर्छ भनेर पावर लागेको छ । वलीमाथि नेकपा नेता जनार्दन शर्मा प्रभाकरको पावर छ ।


बाँकेमा भारतबाट हुने तस्करी, जडिबुटी, जुवा, ढुंगा, गिट्टी, अपराधका मुद्दा, बाघको छाला र गैंडाको खागको तस्करी, प्रहरीको अवैध आम्दानीको स्रोत हो ।