नेपालगन्ज : बाँकेको खजुरा क्षेत्रमा रहेका क्वारेन्टाईनमा अहोरात्र खटिरहेका नेकपा बाँकेका नेता रत्न खत्रीले खजुरा गाउँपालिकाका तीन स्थानमा रहेका क्वारेन्टाइनमा मंगलबार सर्जिकल सामग्री सहयोग स्वरुप प्रदान गरेका छन् ।
एफ गाउँको जनकल्याण माबी, बुद्धपुरको अम्बेमाता आधारभुत विद्यालय र क गाउँ स्थित आधारभुत विद्यालयमा नेता खत्रीले सर्जिकल सामग्री हस्तान्तरण गरका हुन् । एफ गाउँ र बुद्धपुरमा वडा सदस्य बल बहादुर कठायतलाई सामग्री हस्तान्तरण गरिएको नेता खत्रीले बताए ।
सो अवसरमा नेकपा नेता सतिश निरौला, आदर्श माबिका प्राचार्य राजेन्द्र सापकोटा, समाजसेवी ऋषि पोख्रेल लगायतको उपस्थिति थियो । नेता खत्रीले बाँकेका स्थानीय तह र खजुरामा रहेका क्वारेन्टाइनमा मास्क, सेनिटाईजर सहयोग गर्दै आएका छन् ।