नेपालगन्ज : धनले मात्र हुदैन मन हुन पर्छ, यतिखेर डा. कुमार शान शाह मनकारी देखिएका छन् । गरीव, दुःखी, असहाय तथा अरुको सेवा गर्नु नै सबै भन्दा ठुलो कुरा हो । चहराई रहेको घाउमा मल्हम लगाउनु भन्दा ठुलो अरु के नै हुन सक्छ र । डा. शाहले पनि यस्तै उदाहरणिय कार्य गर्दै आइरहेका छन् ।
जेठ २२ गते छोरा शोर्णजङ्ग शाहको जन्नदिनको अवसरमा डा शाहले कसैलाई घर बनाउन आर्थिक सहयोग गरेका छन् त वृद्धवृद्धाका लागि सहयोग प्रदान गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० गायत्रीगर नयाँ वस्ती बसोाबस गर्ने सुकुम्वासी अति बिपन्न दलित तथा पूर्ण शारिरिक अपाङ्गता भएका ३ जनालाई एचसीआरसी अस्पताल तथा कप्तान कृषि फर्मका अध्यक्ष डा. कुमार शाहले आवास निर्माणको लागि ७५ हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।
नेपालन्ज उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्कीको रोहवरमा गायत्रिनगर नयाँ बस्ती क्षेत्रमा सुकुम्बासीको रुपमा लामो समय देखि बसोवास गर्दै आएका अति विपन्न परिवार, दलित तथा पूर्णरुपमा शारिरिक अपाङ्गता रहेका गलसा कुमारी कामी, मान कुमारी नेपाली र रामसिला कामीलाई आवास निमार्णमा सहयोग गर्नको लागि उक्त रकम हस्तान्तरण गरेको डा. शाहले जानकारी दिए । सोही वस्तीमा लकडाउनको समयमा डा. शाहले यस अघि पनि १ लाख बराबरको खाद्यान्न सहयोग गरिसकेका छन् ।
डा.शाहले प्रत्येक वर्ष २२ गतेलाई आफ्नो परिवारको सबै भन्दा खुशीको दिनको रुपमा लिई खुशी वाड्ने गरेको बताए । ‘हामीले हाम्रो अभिवावकबाट संस्कार सिक्ने मौका पायौं र जन्मेपछि समाजको लागि सहयोगी भावनाका साथ फराकिलो मन बनाई सकेसम्म मद्दत गर्नु पर्छ भन्ने कुरा बच्चा देखि नै संस्कारको शिक्षा दिनु पर्छ भन्ने लाग्छ ।’ डा. शाले भने ‘सोही अनुसार बाबुमा पनि यो सुनेर देखेर संस्कार विकास भई ठुलो भन्दा पनि संस्कारी मन र व्यवहारहोस् भन्ने चाहन्छु ।’
डा.शाहले छोराको जन्मदिनको अवसरमा निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सहायत केन्द्र नेपालगन्जमा रहेका बालबालिका, बुवाआमाहरुको लागि खाजा तथा खाद्यान्नको सहयोग गरेका छन् ।
बाँके जिल्लाका प्रदेश सभासद कृष्ण्णा के.सी (नमुना) ले स्थापना गरेको कोभिड १९ रिलिफ फण्डमा समेत डा. शाहद्धारा ५० हजार सहयोग गरिसकेका छन् ।