नेपालगन्ज : कोरोना भाइरसका कारण पाल्पाका एक पुरुषको निधन भएकोछ । पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।
पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षीय पुरुषको तीन दिन अघि मृत्यु भएको थियो । पूर्वखोला– २ जल्पा क्वारेन्टिनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पु¥याइएको थियो । स्वास्थ्य मन्त्रालयले बिहीबार यसको पुष्टि गरेको छ ।
मृत्युपछि स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पाल्पामा मृत्यु भएका पुरुषको बिहीबार रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसगैं नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दश पुगेकोछ । उनी ५ दिनअघि भारतबाट आएका थिए ।