तनहुँमा थपिए दुईजना कोरोना संक्रमित


तनहुँमा थपिए दुईजना कोरोना संक्रमित

नेपालगन्ज: तनहुँमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार विहान उनीहरुमा कोरोना भाइरस पोजेटिभ पाइएको हो । योसगैं तनहुँमा कोरोना संक्रमित संख्या तीन पुगेकोछ ।

शुक्रबार विहान तनहुँको ऋषिङ गाउँपालिकाका ३९ र ४० वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । योसगैं गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।

संक्रमित दुई पुरुषलाई तनहँु जिल्ला सरकारी अस्पतालमा रहेको आइसोलेसन कक्षमा राखिनेछ ।