नेपालगन्जकी एक महिला सहित १३ जनाले कोरोना जिते


नेपालगन्जकी एक महिला सहित १३ जनाले कोरोना जिते

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ जोलाहनपुर्वाकी एक महिला सहित १३ जनाले कोरोना जितेर घर फर्केका छन् ।

बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालनमा उपचाररत नेपालगन्ज जोलाहनपुर्वाकी एक महिला र नेपालगन्जस्थित लायन्स डेन्टल कोरोना आइसोलेसनमा उपचाररत बाँकेको नरैनापुर गाउँपालिकाका १२ जना पुरुषसहित १३ जनाले कोरोना जितेर घर फर्केका छन् ।

कोरोना संक्रमितहरुको तीन पटक जाँच गर्दा उनीहरुमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई आज डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

यसअघि बाँकेमा देशमै एकैपटक ठूलो मात्रामा कोरोना संक्रमित निको भएर घर फर्केका थिए । जेठ ९ गते एकैपटक २१ जनाले कोरोना जितेर घर फर्केका थिए । त्यसयता ठूलो मात्रामा कोरोना भाइरस जितेर घर फर्केको आज हो । आज मात्रै १३ जनाले कोरोनालाई जितेका छन् । हालसम्म बाँके जिल्लामा २५५ जना कोरोना संक्रमित रहेकाछन् । जसमध्ये ४२ जना निको भइसकेकाछन् ।