नेपालगन्जः गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ७५ पुगेकोछ । शनिबार विहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसगैं प्रदेशमा कोरोना संक्रमित संख्या ७५ पुगेको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक तथा प्रवक्ता डा. विनोद विन्दु शर्माद्वारा जारी विज्ञप्तीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विज्ञप्ती अनुसार गण्डकी प्रदेशको स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुष कोरोना संक्रमित भएका छन् । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराको प्रेस विज्ञप्तीमा उल्लेखछ ।
संक्रमितहरु भारतबाट आएर विनयत्रिवेणीकै क्वारेन्टिनमा बसेको जनाइएको छ । उनीहरू तीनै जनालाई रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा राखिनेछ ।
यस्तै बागलुङको ताराखोला गाउँपालिकामा ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक तथा प्रवक्ता डाक्टर शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेखछ । कोरोना संक्रमण पुष्टि भएका सबैलाई जिल्ला अस्पतालका आइसोलेसनमा राखिनेछ ।