बाँकेमा थपिए दुई संक्रमित


बाँकेमा थपिए दुई संक्रमित

नेपालगन्जः बाँकेको भेरी अस्पतालमा रहेको आइसोलेसनमा उपचाररत दुईजनामा कोरोना पोजेटिभ देखिएकोछ । शनिबार विहान प्राप्त रिपोर्ट अनुसार उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । तर, स्वास्थ्य मन्त्रालयले यसको आधिकारी पुष्टि भने दिउँसो ४ बजे मात्रै गर्नेछ ।

संक्रमितहरुलाई यतिबेला स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । उनीहरु नेपालगन्ज वडा नम्बर १ धम्बोझीका हुन भने अर्का बर्दिया बाँसगढीका युवा रहेको भेरी अस्पतालन स्रोतले जनाएकोछ ।

संक्रमित मध्ये नेपालगन्जका युवालाई बाँकेको खजुरा गाउँपालिका स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राख्ने तयारी गरिएको छ भने अर्का एक जनालाई कहाँ राख्ने विषयमा अहिले छलफल चलिरहेको बुझिएकोछ । योसगैं बाँकेमा अहिलेसम्म कोरोना संक्रमित संख्या २ सय ५७ पुगेको छ । भने ४२ जना निको भएर घर फर्केका छन् जसमध्ये एक जनाको मृत्यु भइसकेकोछ ।

यसअघि जानकी गाउँपालिकामा एकैपटक ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । बाँकेमा मापदण्ड अनुसारका प्रयाप्त आइसोलेसन नहुदाँ संक्रमितहरुलाई कहाँ कसरी राख्ने भन्ने समस्या भइरहेको भेरी अस्पतालका प्रमुख मेसु डाक्टर प्रकाश थापा बताउँछन् । उनका अनुसार जानकी गाउँपालिकामा देखिएका संक्रमितहरुलाई उचित आइसोलेसनकै अभावका कारण गाउँपालिकाकै साईगाउँमै बनाइएको सामान्य क्वारेन्टिनमै राखिएको छ ।

बाँकेमा आइसोलेसन र क्वारेन्टिन मापदण्डका अनुसार नहुँदा संक्रमितहरु जेल जस्तै कोठामा बस्न बाध्य भएकाछन् । कतिपय पालिकामा त रुखको छहारी र खुल्ला चउरनै क्वारेन्टिन बनेका छन् ।