नेपालगन्ज: शनिवार राति अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा सार्वजनिक हुने भएको छ । अमेरिकी दूतावासका अनुसार डीभी २०२१ को नतिजा आज राति ९: ४५ बजे सार्वजनिक हुने जनाइएको छ । शुक्रबार अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा भी २०२१ को नतिजा शनिवार सार्वजनिक हुने बारे जानकारी गराएको हो ।
नेपाली समय अनुसार शनिवार राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०२१ को नतिजा प्रकाशन हुँदैछ। नतिजा थाहा पाउन कृपया शनिवार जेठ २४ रातिको ०९:४५ बजेपछि तपाईंले डिभी भर्दाको समयमा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov/ मा हेर्नुहोला। यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिंदा तपाईंको नतिजा हेर्न मिल्छ ।


भेरी अस्पतालभित्र कसरी भएको थियो आक्रमण ? (सेतोखरी एक्सक्लुसिभ भिडियो )
गायक रवि ओडको स्वर तथा शब्दमा ‘टुटी सक्यो मुटु’ सार्वजनिक
अदितीको रोमान्स