बाँके, बर्दियामा ४० संक्रमित थपिए
नेपालगन्ज: बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालको कोभिड–१९ प्रयोगशालामा दैनिक न्यूनतम दुई सय नागरिकको स्वाब परीक्षण हुँदै आएको छ ।
संघीय अस्पतालमा प्रदेश लगायतका तीनै तहको सक्रियता सयोग र समन्वय तथा भेरी अस्पतालको पहलमा स्थापना भएको उक्त प्रयोगशालामा अहिलेसम्म करीब पाँच हजार जनाको स्वाब परीक्षण गरिएको प्रमुख डाक्टर प्रकाशबहादुर थापाले सेतोखरीलाई बताए । अस्पताल मातहतमा रहेको प्रयोगशालामा बाँके, बर्दिया, दाङ, रोल्पाका साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरी परीक्षणका लागि स्वाब आउने गरेको अस्पतालका प्रमुख डाक्टर प्रकाश थापा बताउँछन् ।
प्रयोगशाला स्थापनाका दिनमा निकै कम परीक्षण भए पनि पछिल्लो समयमा दैनिक दुई सयदेखि कहिले काँही त पाँच सयसम्मको पनि नमूना परीक्षण गरिएको उनी बताउँछन् ।
प्रयोगशालामा अहिले ६ जना प्राविधिकहरुले काम गरिरहेको डाक्टर थापाले जानकारी दिए । अहिले विभिन्न जिल्लाका क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरी नेपालगन्जमै पठाउने गरिएकोले प्रयोगशालामा चाप बढ्दै गएको छ । बाँकेमा क्वारेन्टिनमा झण्डै एक हजार बढी नागरिक रहेका छन् । उनीहरूको क्रमिक रुपमा स्वास्थ्य परीक्षण भैरहेको छ उनले भने ‘बाहिरी जिल्लाबाट पनि स्वाबहरु संकलन भएर आइरहेका छन्, जसले गर्दा चाप निकै बढेको देखिएको छ ।’
कोभिड १९ प्रयोगशालामा अहिले औजारहरू समस्या देखिदैन् । प्राविधिक कर्मचारीहरु उच्च मनोबलका साथ रातीसम्म पनि काम गर्ने गरेको डा थापा बताउँछन् । मन्त्रालयका गाईडलाइन, खर्चमा मितव्यीयता र चुस्त व्यवस्थापनलाई ख्याल गर्दै आइपर्न सक्ने चुनौतीको समेत सामना गर्ने गरी योजना बनाइएको उनले जानकारी दिए ।
संघीय सरकार मातहत रहेको नेपालगन्जको भेरी अस्पतालले लकडाउनकै अवधीमा शनिबारसम्म ५ हजार नागरिकलाई सेवा प्रदान गरेको छ । अस्पतालमा ५ हजार जनाले विविध सेवा लिएका छन् । जसमा करिब पाँच सय बढी महिलाले प्रसूति सेवा लिएको अस्पतालका प्रमुख डाक्टर प्रकाशबहादुर थापा बताउँछन् ।
अस्पतालमा रहेको क्लिनिकमा आएरै ६ सय जनाले ज्वरो क्लिनिकमार्फत सेवा लिएका छन् । अस्पतालमा अहिले दैनिक करीब दुई सय जना बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा अहिले ६ वटा आइसोलेन बेड संख्या रहेको छ । अस्पतालले ओपिडी सेवा जारी राखेको छ । अस्पतालमा आएका कुनै पनि बिरामीलाई उपलब्ध सेवा नदिई कसैले फर्काएमा कडा कारबाही गरिने अस्पतालका मेसु डाक्टर थापा बताउँछन् ।
भेरी अस्पताल नेपालगन्जमा कोरोना परीक्षण गरीएका ४० जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार भेरी अस्पतालले एक सूचना जारी गर्दै बाँकेका १२ र बर्दियाका २८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।
दिउँसो १ बजेसम्म गरीएको परीक्षणमा बाँकेका ३ वटा पालिकाका १२ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ संक्रमितहरु नेपालगन्ज उपमहानगरपालिका १ का ४१ वर्षिय महिला, बैजनाथ गाँउपालिका ६ का ३८ र ३२ वर्षिय पुरुष तथा बैजनाथ गाँउपालिका २ का ३७ वर्षिय पुरुष रहेका छन । त्यसैगरी खजुरा गाँउपालिका ४ का एक महिला सहित ३ देखि ३८ वर्ष उमेर समुहका ७ जना र खजुरा ५ का २२ वर्षिय पुरुष रहेका छन ।
भेरीमै गरिएको परीक्षणमा बर्दियाका ५ वटा पालिकाका २८ जनामा कोरोना संक्रमण देखिएको हो । यसरी संक्रमित हुनेहरुमा राजापुर १० का २५, २६ र ३८ वर्षिय पुरुष, राजापुर ८ का २९ र ३८ वर्षिय पुरुष रहेका छन । त्यसैगरी मधुवन २ का २२ र ३३ वर्षिय पुरुष तथा मधुवन ५ का १८ र ३२ वर्षिय पुरुष रहेका छन । बर्दियाको गुलरीया नगरपालिका ३ का १५ देखि ३२ वर्ष उमेर समुहका ९ जना पुरुष तथा गुलरीया ६ का ५५ वर्षिय पुरुष र गुलरीया १० का २७ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी बढैयाताल ७ का २५ वर्षिया महिला र ३२ वर्षिय पुरुष, बढैयाताल ६ का ३६ वर्षिय पुरुष, बाँसगढी ९ का २१, ४० र ६० वर्षिय पुरुष, बाँसगढी २ का ३३ वर्षिय पुरुष तथा बाँसगढी ६ का २२ वर्षिय पुरुषमा संक्रमण देखिएको अस्पतालका प्रमुख थापा बताउँछन् ।