मालपोत कार्यालय खुल्यो


मालपोत कार्यालय खुल्यो

File Photo

नेपालगन्ज:बाँकेसहित देशभरका मालपोत कार्यालयहरू खुलेकाछन् । लामोसमदेखि बन्द बाँकेसहित देशभरका मालपोत कार्यालयहरु आज आईतबारदेखि खुलेको हो । 

कोरोना भाइरस संक्रमणको जोखिम फैलिन नदिन लागू गरिएको लकडाउनका कारण गत वर्ष चैत्र ११ गतेदेखि बन्द भएका देशभरका मालपोत कार्यालयहरु साढे दुई महिनापछि खुलेका हुन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले यसअघि एक सूचनामार्फत (आज) आईतबारदेखि सेवा पुनः सञ्चालन गर्न देशभरका मालपोत कार्यालयलाई निर्देशन दिएको थियो ।

विभागका अनुसार सेवाग्राहीको अनुरोधलाई स्वीकार गर्दै मालपोत कार्यालय खोलिएको हो । ती कार्यालयहरूले आवश्यक स्वास्थ तथा सुरक्षाका सावधानी अपनाएर सेवा सञ्चालन गर्नेछन् ।

मालपोत कार्यालय बन्द हुँदा जग्गा र यसको कारोबारको क्रममा हुने राजस्व संकलन समेत प्रभावित भएको थियो । विभागको निर्देशन अनुसार आज आईतबारदेखि मालपोत खुल्ला गरिएको भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौत्याल बताउँछन् । उनकाअनुसार कार्यालय खुलेपनि सेवा प्रवाहका क्रममा सामाजिक दूरी कायम गरिनेछ । सेवाग्राहीले अनिवार्य मास्क लगाउनुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने हुन्छ ।

यद्यपी बाँकेमा यसअघि लागु भएको निषेधाज्ञा र लकडाउनले भने मालपोत कार्यालय खुल्ला भएपनि सेवाग्राहीको उपस्थिती अपेक्षित नहुने देखिएकोछ । जारी लकडाउनमा सार्वजनिक सवारीसाधन चलेका छैनन भने बाँके प्रशासनले लगाएको निषेधाज्ञामा सेवाग्राही निजि सवारी साधनमा आउन पाएकाछैनन् ।