खजुरामा संक्रमित १६ पुगे, क्वारेन्टिनबाट ६ सय ६० जना घर फर्के


खजुरामा संक्रमित १६ पुगे, क्वारेन्टिनबाट ६ सय ६० जना घर फर्के

खजुरा(बाँके): भारतबाट फर्किएकाको कोरोना जाँच गर्दा खजुरामा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

कोरोना पुस्टी भएका १६ मध्य १३ जनालाई कोरोना विशेष आइसोलेसन अस्पताल खजुरामा राखिएको छ भने आज संक्रमण देखिएका ३ जनालाई डेन्टल अस्पताल नेपालगन्जमा राखिने स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले जानकारी दिए ।

उनका अनुसार हालसम्म खजुरामा ५ सय २६ जनाको पिसिआर र २७१ जनाको आरडिटी परीक्षण गरिएको छ । विभिन्न क्वारेन्टिनमा हाल ५ सय ८९ जना बसेका छन् ।

समय अवधि पुगेकाहरुको आरडिटी र पिसिआर जांचपछि रिपोर्ट नेगेटिभ आएकालाई ७ दिन होम क्वारेन्टिनमा रहने गरि घर पठाइएको छ । फर्किएका छन् ।

स्वास्थ्य शाखा प्रमुख खड्का अनुसार खजुरामै गरिएको जाँचमा कोरोना देखिएकी स्वास्थ्यकर्मीले भने कोरोना जितेर घर फर्किएकी छिन् ।