नेपालगन्ज: आइतबार साँझसम्म नेपालका ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साँझ ७ बजेसम्मको तथ्यांक अनुसार नेपालका ६ जिल्लामा भने संक्रमण देखिएको छैन ।
देशका ७१ जिल्लामा गरि आईतबार साँझसम्म ३ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये हालसम्म ४ सय ६७ जना उपचारपछि निको भइसकेका छन् । संक्रमण देखिएकामध्ये १३ जनाको भने मृत्यु भएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार संक्रमण नदेखिएका ६ जिल्लामा प्रदेश १ का २ जिल्ला इलाम र ओखलढुंगा, प्रदेश ३ को रसुवा, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ र कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्ला रहेका छन् । प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका भने सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।