नेपालगन्ज : नेपालमा हालसम्म २ लाख ४१ हजार २ सय ५४ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ९६ हजार २ सय ५ जनाको पिसिआर र १ लाख ४५ हजार ४९ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयले जनाएकोछ ।
आईतबार २ सय १३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । आईतबार रोल्पामा संक्रमित भेटिएसँगै संक्रमित जिल्लाको संख्या ७१ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा २ सय ५९, प्रदेश २ मा १ हजार १ सय ६१, बागमतिमा ९२, गण्डकीमा १ सय ११, प्रदेश ५ मा १ हजार १ सय ८१, कर्णालीमा ६ सय ३३ र सुदूरपश्चिममा १ सय ११ जना संक्रमित छन् ।
यस्तै, प्रदेश १ मा १ सय ६८, प्रदेश २ मा ९ सय ७४, बागमतिमा ५७, गण्डकीमा १ सय ८, प्रदेश ५ मा ९ सय ४४, कर्णालीमा ६ सय २१ र सुदूरपश्चिममा ९६ जना गरी मुलुकभर २ हजार ९ सय ६८ जना अस्पतालको आईसोलेसनमा छन् । मुलुकभर हाल १ हजार ७० हजार ७ सय ३२ जनालाई क्वारेन्टिनमा राखिएको मन्त्रालयले जनाएको छ ।