नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा परीक्षण गरिएका नमुना मध्ये बाँकेका एक र बर्दियाका अठार गरि १९ जनामा कोरोना पुष्टि भएको छ ।
नयाँ संक्रमितहरुमा बाँके जानकी ४ का २१ वर्षीय पुरुष, बर्दिया बारबर्दिया ७ का ३४ वर्षीय पुरुष र ३३ वर्षीया महिला, मधुबन ९ का २० वर्षीय पुरुष, मधुबन ४ का ४, २३ वर्षीया महिला, २० वर्षीय पुरुष, ठाकुरद्वारा ४ का १९ वर्षीय पुरुष, ठाकुरद्वारा ३ का ४० र ३५ वर्षीय पुरुष रहेका छन ।
त्यसैगरी, बर्दियाकै बाँसगढी २ का २०, २४, २० र २८ वर्षीय पुरुष, ५ का २८ वर्षीय पुरुष, ६ का १८ र २० वर्षीय पुरुष, ७ का २१ वर्षीय पुरुष र ९ का २० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । बाँकेमा आज थप भएका एकजनासङ्गै संक्रमितको संख्या २ सय ७१ पुगेको छ ।
६८ जनाले कोरोना जितेर घर फर्केका छन् भने, एकजनाको मृत्यु भइसकेको छ ।