बाँकेमा पुनः थपिए ८ जना कोरोना संक्रमित


बाँकेमा पुनः थपिए ८ जना कोरोना संक्रमित

नेपालगन्ज: बाँकेमा पुनः ८ जना कोरोना संक्रमित थपिएकाछन् । यसअघि सोमबार दिउँसो एक जना कोरोना संक्रमित थपिएका थिए । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको हो । योसगैं बाँकेमा सोमबार मात्रै ९ जना कोरोना संक्रमित थपिएका हुन् ।

यसअघि आज विहान बाके जानकी गाउँपालिका ४ का २१ बर्षिय पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो । थप नयाँ संक्रमितमा नेपालगन्ज उपमहानगरपालिका ४ का ४९ वर्षका पुरुष, २० का ३२ वर्षका पुरुष, १३ का २४ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको हो ।

यस्तै खजुरा गाउँपालिका ४ का ३६ वर्षका पुरुष र ३५ वर्षकी महिला, तीन नम्वर वडाका ४३ वर्षका पुरुष, खजुरा २ का २३ वर्षीया महिला र खजुरा गाउँपालिका ५ का उमेर नखुलेका पुरुषमा भाइरस पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।

यस्तै बर्दिया मधुवन नगरपालिका ६ का एकजना पुरुषमा पनि भाइरस पुष्टि भएसँगै भेरी अस्पतालमा आज जम्मा २८ जनामा कोरोना भाइरस देखिएको हो । योसगैं बाँकेमा कोरोना संक्रमित संख्या २ सय ७९ पुगेकोछ । जसमध्ये १ जनाको मृत्यु र ६८ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।