नेपालगन्ज: देशको पूर्वी जिल्ला ईलामममा पहिलो पटक कोरोना संक्रमित भेटिएकाछन् ।
ईलाम जिल्लामा आज मङ्गलबा पहिलो पटक एक जनामा कोरोना भाइरस संक्रमित भेटिएको हो । हालसम्म ईलाममा कोरोना संक्रमण देखिएको थिएन ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ईलामका एक जनामा कोरोना पोजेटिभ देखिएको हो । ईलाममा पनि संक्रमण देखिएसगैं नेपालमा कोरोना संक्रमण देखिएको जिल्ला ७२ पुगेको छ ।
हालसम्म नेपालमा ओखलढुंङ्गा, मनाङ, मुस्ताङ, रुकुम पश्चिम र रसुवा जिल्लामा कोरोना संक्रमण देखिएको छैन । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मंगलबार बेलुकासम्म नेपालमा ४ हजार ८५ जनामा संक्रमण देखिएका छन् ।
एकै दिन ३ सय २३ जना संक्रमित भेटिएका हुन् । यस्तै मङ्गलबार बेलुकासम्म देशभरबाट ९६ जना कोरोना संक्रमित निको भएर घर फर्किएकाछन् । योसगैं उपचारपछि निको भएको संख्या ५ सय ८४ जना पुगेकोछ । यस्तै नेपालमा हालसम्म १५ जनाको मृत्यु भएको छ । भने ११ जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।