नेपालमा मनसुन शुरु हुन अझ केही दिन लाग्ने


नेपालमा मनसुन शुरु हुन अझ केही दिन लाग्ने

नेपालगन्ज: सामान्यतया नेपालको पूर्वी भू–भागमा आजकै दिन अर्थात जुन १० मा मनसुन सुरु हुने भएता पनि यस वर्ष नेपालमा मनसुन शुरु हुन अझ केहि दिन लाग्ने भएको छ ।

नेपालमा हाल स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाडिमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ का सबै भू–भागहरु लगायत प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा र प्रदेश २ का पश्चिमतिरका भू–भागहरुमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागहरुमा आंशिक बदली रहेको छ । प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का भू–भागमा सामान्य बदली रही थोरै स्थानहरु साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेकाले एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको हुदाँ सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेकोछ ।

बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नम्बर ५ का थोरै स्थानहरु साथै प्रदेश नम्बर २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबारसम्मको मौसम जानकारी

बिहीबार प्रदेश १, प्रदेश नम्बर २ बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीका साथै बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश नम्बर २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।

यस्तै शुक्रबार प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ मा सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नम्बर ५ का थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको साथै बाँकी प्रदेशका १–२ स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

नेपालमा तीन दिनसम्मको मात्र मौसमी अनुमान गर्नसकिन्छ । यसो त हरेक वर्ष जुन १० देखि मनसुन शुरु हुने भएपनि पछिल्लो समयको मौसमी गतिविधिका कारण यसवर्ष केही ढिला मनसुन नेपाल भित्रिन लागेको हो ।