लकडाउमै सडक कालोपत्रे


लकडाउमै सडक कालोपत्रे

तेजनगरमा नाला र सडक कालोपत्रे गर्नुअघि विधिवतरुपमा पुजा गर्दै वडा नम्बर १८ का वडाअध्यक्ष दीपक बर्मा ।

नेपालगन्ज: कोरोना भाइरस महामारिकाबीच सिर्जित असहज परिस्थितीमा पनि विकास निर्माण्को कार्यलाई तिव्रता दिइएकोछ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा यतिबेला विकास निर्माणको कार्यलाई निरन्तरता दिइएको हो ।

वडाअध्यक्ष दीपक वर्माको सक्रियतामा यसअघि कारकाँदोमा तरकारी विक्री केन्द्रको शिलन्यास गरि काम अगाडी बढाइएको थियो । यसबीच वडाको शिवनगरमा ५ सय मिटर पक्की नालासहितको सडक कालो पत्रेको काम धामधम भइरहेको छ ।

बर्दिया बाईपासदेखि उत्तर तेजनगरमा सडक कालोपत्रे काम भइरहेको वडा अध्यक्ष दीपक बर्माले जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ल्याएको बजेटबाट सो क्षेत्रमा नाला निर्माणसगैं सडक कालोपत्रे गरिदैंछ । सो सडक क्षेत्र असारको पहिलो हप्ता मै कालो पत्रे सम्पन्न गर्ने गरी काम भइरहेको अध्यक्ष बर्मा बताउँछन् ।

नगरको मात्र होईन केन्द्र र प्रदेश सरकारबाटसमेत बजेट ल्याई विकासको काममा तिव्रता दिने वडा अध्यक्ष बर्मा लोकप्रियसगैं अब्बल नेताका रुपमा परिचित छन् ।