नेपालगन्ज: सरकारले तीन चरणमा लकडाउन खोल्ने नीति अपनाएको छ । कोरोना क्राइसिस सेन्टर (सीसीएमसी)को पाँच चरणमा खोल्ने प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन चरणमा सीमित गरेको हो ।
पहिलो चरणमा सरकारले अत्यावश्यक सेवासहितका विभिन्न २१ क्षेत्र खोल्ने निर्णय गरेको छ । खुला रहने क्षेत्रहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यसम्बन्धी मापदण्ड र गृहमन्त्रालयले जारी गरेको सुरक्षा प्रोटोकलको भने अनिवार्य पालना गर्नुपर्नेछ ।
स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा, निजी क्लिनिक समेत
औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी, फलफूल, दुग्ध पदार्थ, अण्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्री–वितरण तथा ढुवानी
पेट्रोलियम पदार्थको ढुवानी र बिक्री–वितरण
फोहोरमैलाको व्यवस्थापन
विद्युत दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक, सम्बन्धी सेवा
बैंक तथा वित्तीय सेवा, सहकारी र बीमा सेवा
कृषि बीउबीजन, रासायनिक मल, कृषि औजार–उपकरण र शीतभण्डार सम्बन्धी सेवा र कार्य,
उत्पादनशील उद्योग
निर्माण सामग्रसम्बन्धी उद्योग, व्यवसाय
निकास आयोजना (निजी क्षेत्रबाट प्रबद्र्धितसमेत)
निर्माण कार्य (निजी क्षेत्रबाट सञ्चालित समेत)
नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्री–वितरण
रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
क्वारेन्टिनका लागि तोकिएका होटल
बिजुलीका सामान बिक्री र मर्मत
विद्युतीय उपकरण, मेसिनरी र सवारी साधानको मर्मत गर्ने वर्कसप
पुस्तक पसल तथा स्टेसनरी
सबै प्रकारका ढुवानी सेवा
अत्यावश्यक सेवाका सबै कार्यालय
अन्य सरकारी कार्यालय, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय र (बैंक तथा वित्तीय संस्थाहरूमा आधार कर्मचारी रहनेगरी)