सरकारद्वारा यी क्षेत्र खुल्ला गर्न रोक


सरकारद्वारा यी क्षेत्र खुल्ला गर्न रोक

File Photo

नेपालगन्ज: पहिलो चरणमा सरकारले अत्यावश्यक सेवासहितका विभिन्न २१ क्षेत्र खोल्ने निर्णय गरेको छ । खुला रहने क्षेत्रहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यसम्बन्धी मापदण्ड र गृहमन्त्रालयले जारी गरेको सुरक्षा प्रोटोकलको भने अनिवार्य पालना गर्नुपर्नेछ ।

सरकारद्वारा तय गरिएको लकडाउन खोल्ने नीति अनुरुप आजबाट यी क्षेत्रमा भने बन्दाबन्दी कायम राख्ने निर्णय गरेको छ ।

 शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र
 सपिङ मल, डिपार्टमेन्टल स्टोर
 सिनेमा हल, पार्टी प्यालेस, डान्सबार र सबै प्रकारका मनोरञ्जनस्थल
 अनुमति प्राप्त गरेका बाहेकका राष्ट्रिय–अन्तर्राष्ट्रि उडान
 तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत (भारतबाट आउने नागरिकको हकमा प्रदेश १, २, प्रदेश पाँच र सुदूरपश्चिममा गरी सरकारले २० नाका खुला राखेको छ )
 सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन आदि
 २५ जनाभन्दा बढी भेला हुने बैठक, गोष्ठि, तालिम, सेमिनार आदि
 सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
 व्यावसायिक रूपमा सञ्चालिन स्विमिङ पुल जिमखाना, साउना स्टिम, हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटि–पार्लर लगायत क्षेत्र
 समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति
 अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधनको हकमा जोर–विजोर प्रणाली लागु गर्ने