प्रदेशका १० जिल्लामध्ये ९ जिल्लामा संक्रमित भेटिए
नेपालगन्जः कर्णाली प्रदेशमा कोरोना संक्रमित ७ सय ६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना भाइरस पुष्टि भएसगैं संक्रमित संख्या ७ सय ६३ पुगेको हो । भने हालसम्म ३ जनाको मृत्यु भइसकेकोछ ।
आज बिहीबार मात्रै कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका ३१ जना निको भएर डिस्चार्ज भएका छन् । कर्णालीमा कोरोना जित्नेमा दैलेखका एकजना, सल्यानका दुईजना र बझाङका एकजना रहेका छन् । प्रदेश अस्पतालबाट यसअघि सातजना संक्रमित निको भएर डिस्चार्ज भैसकेका छन् । उनीहरुसहित कर्णालीमा डिस्चार्ज हुनेहरुको संख्या ६० पुगेको हो ।
कर्णालीमा बिहीबारसम्मको आँकडा हेर्दा सबैभन्दा धेरै दैलेखमा कोरोना संक्रमित भेटिएकाछन् । दैलेखका ४ सय ३४ जनामा कोरोना पुष्टि भइसकेकोछ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्यालाई जिल्लागत हेर्दा सल्यानमा १ सय ३७, सुर्खेतमा १ सय १२, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, डोल्पा र हुम्लामा एक–एक जना रहेकाछन् ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा भने हालसम्म कोरोना संक्रमण देखिएको छैन ।