‘सरकार कति चुस्छौ रगत, दुब्लाएर मर्नै लागेँ’


‘सरकार कति चुस्छौ रगत, दुब्लाएर मर्नै लागेँ’

शुक्रबार नेपालगन्जमा सरकारको विरोध गर्दै युवा ।

नेपालगन्ज: कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै नेपालगन्जमा विरोध प्रदर्शन भएको छ । यसअघि काठमाण्डौंको बालुवाटारमा सरकारविरुद्धप्रदर्शन भएको थियो ।

उक्त प्रदर्शनले उग्ररुप लिएपछि यतिबेला देशभर सरकारको विरोध भइरहेकोछ । सरकारविरुद्ध प्रदर्शन गर्न शुक्रबार स्वस्तफुर्त जम्मा भएका युवाले स्वास्थ्य सामाग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर टेष्ट गर्नुपर्ने, कर तिर्ने ताकेता खारेज गर्नुपर्ने लगायतका माग गरेका छन् ।

नेपालगन्जका युवाहरुले शुक्रबार जिल्ला प्रसाशन कार्यालय अगाडी धर्ना दिदैं सरकारको खोजि गरिरहेकाछन् । उनीहरुले ‘सरकार खोई ?’ ‘सरकार तेरो पाराले, दुख पाए साराले’, ‘नेपालको सरकार भ्रष्टाचार नै भ्रष्टाचार: खै सुरक्षित क्वारेन्टिन र पीसिआर’, ‘सरकार कति चुस्छौ रगत दुब्लाएर मर्नै लागे दश अर्ब मलाई देउ मोटाउछु की’ लगायतका प्लेकार्ड बोकेर सांकेतिक रुपमा सरकारको विरोध गरिरहेकाछन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी मौन धर्ना दिएका छन् । सयौंको संख्यामा उपस्थित युवाहरुले विरोध जनाएका हुन् । स्वस्फूर्त सरकारको विरोध गर्न उपस्थित युवाले बोकेको प्लेकार्डले सरकारको धजिया उडाएकोछ ।