तामाङको नेतृत्वमा इशाकाको नयाँ कार्यसमिति गठन


तामाङको नेतृत्वमा इशाकाको नयाँ कार्यसमिति गठन

नेपालगन्ज: खजुरा क्षेत्र संस्थागत बिधालय सङ्गठन (इशाका) को नयाँ कार्यसमिति चयन भएकोछ ।

इशाकाको नयाँ कार्यसमितिमा डिबी तामाङको नेतृत्व चयन गरिएकोछ । तामाङको नेतृत्वमा शुक्रबार नयाँ कार्यसमिति चयन गरिएको हो ।

यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा भोला कुमार मल्ल, सचिवमा कृष्ण भण्डारी, सह–सचिवमा नरेन्द्र ददेल र कोषाध्यक्षमा रामचन्द्र यादव चयन भएका छन् ।

इशाकाको ६ औं वार्षिक साधरण सभा तथा ४ औं अधिबेशनबाट ११ सदस्यिय कार्यसमिति चयन गरिएको हो । समितिको सदस्यहरुमा सलाहुद्धिन खान, चन्द्र बहादुर राना, सरिफ खान, सिंह बहादुर थापा, योगेन्द्र शाही र वीरबहादुर सुनार चयन गरिएको हो ।