दुई डाक्टर र एक नर्स कोरोना जितेर घर फर्के


दुई डाक्टर र एक नर्स कोरोना जितेर घर फर्के

नेपालगन्ज: कोरोना पोजेटिभ देखिएका नेपालका दुई डाक्टर र एक नर्स कोरोना जितेर घर फर्केकाछन् ।

काठमाडौं मेडिकल कलेज (केएमसी) का २ जना डाक्टर र एक नर्स कोरोनालाई जितेर घर फर्केका हुन् । संक्रमणमुक्त भएपछि उनीहरु डिस्चार्ज भएर घर गएको केएमसीकी प्रिन्सिपल डाक्टर चन्दा कार्कीले जानकारी दिइन् ।

उनका अनुसार कोरोना संक्रमण देखिएका उनीहरु केएमसीको दुवाकोट स्थित कोभिड आइसोलेसनमा उपचाररत थिए । पछिल्लो प्रयोगशाला परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

यसअघि अस्पतालमा उपचाररत बिरामी, डाक्टर र नर्समा कोरोना संक्रमण देखिएपछि अस्पतालको सेवा २ दिन रोकिन पुगेको थियो । तर, डिसइन्फेक्टको काम सिकएलगत्तै अस्पतालमा पुन सेवा सुरु भइसकेको डाक्टर कार्कीले जानकारी दिइन् ।

शुक्रबार केएमसीका २ डाक्टर र नर्ससहित देशका विभिन्न अस्पतालमा उपचाररत १६ जना डिस्चार्ज भएका छन् । योसहित नेपालमा हालसम्म ८ सय ७७ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ५ हजार ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भने १६ जनाको मृत्यु भएकोछ ।