नेपालगन्ज: देशको ७२ जिल्लाका २ सय ७३ जनामा शनिबार थप कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न जिल्लामा गरी पछिल्लो २४ घण्टामा २ सय ७३ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । तीमध्ये ९ सय १३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५० हजार ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएकाछन् ।