बाँके र बर्दियाका ३–३ जनामा कोरोना पुष्टि


बाँके र बर्दियाका ३–३ जनामा कोरोना पुष्टि

नेपालगन्ज: बाँकेमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पाइएकोछ । नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परीक्षणबाट थप ३ जनामा कोरोना भाइरस देखिएको हो ।

आईतबार थप भएका संक्रमितहरुमा बाँके राप्तीसोनारी गाँउपालिका–८ का १८ वर्षिय पुरुष, डुडुवा गाँउपालिका १ का १९ वर्षिय युवक र डुडुवा ३ का २२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

त्यसैगरी बर्दियाको बढैयाताल गाँउपालिका १ का २४ वर्षिय महिला, सोही वडाका २१ वर्षिय पुरुष र बढैयाताल २ का २२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।