नेपालगन्ज: देशमै पहिलोपटक ८२ वर्षीय बृद्धमा कोरोना भाइरस संक्रमण देखिएकोछ ।
आईतबार गरिएको कोरोना परीक्षणमा देशमै पहिलोपटक ८२ वर्षि पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
रुकुम सानोभेरी गाँउपालिका–१ का ८२ वर्षिय बृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।
बाँकेको कोहलपुर स्थित नेपालगन्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ८२ वर्षिय ती बृद्धमा कोरोना संक्रमण पाइएको हो ।
ती बृद्धाको पेटको समस्याका लागि सर्जिकल वार्डमा भर्ना गरिएका छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।