कोरोना अपडेट : २४ घण्टामा थपिए ४२५ कोरोना संक्रमित


कोरोना अपडेट : २४ घण्टामा थपिए ४२५ कोरोना संक्रमित

नेपालगन्ज: नेपालमा थप ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसगैं नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेकोछ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आईतबार थप ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ९ सय ७४ पुगेको छ । जसमध्ये पुरुष ८ सय ७७ र महिला ९७ जना छन् ।

हालसम्म कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ । प्रवक्ता डाक्टर गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ ।