‘नेपालगन्ज मेडिकल कलेजका कर्मचारी भोकै, कनोडिया राहत बाँड्दै’


‘नेपालगन्ज मेडिकल कलेजका कर्मचारी भोकै, कनोडिया राहत बाँड्दै’

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेजका सह–निर्देशक डाक्टर नितेश कनोडियाले कोरोनाबाट मृत्यु भएका बाँके नरैनापुरका युवकको घर बनाइदिन एक लाख रुपैयाँ सहयोग गरे ।

कोरोनाको हटस्पट नरैनापुरमा नेपालगन्ज मेडिकल कलेजका सह–निर्देशक डाक्टर कनोडिया स्वयम पुगेर चार सय ३९ परिवारलाई राहात स्वरुप विभिन्न खाद्यान्न सामाग्री प्रदान गरे । तर, मेडिकल कलेजले घर बनाइदिने भएपछि सोही मेडिकल कलेजमा कार्यरत कर्मचारीहरू तलब नपाएर भोकभोकै बस्नुपरेकोछ । 

एकातिर सामाज सेवा गरेर चर्चा कमाउन तल्लिन डाक्टर कनोडिया आफ्नै धरातल बिर्सेर कर्मचारीलाई भोकै राख्दै आएकाछन् । कोरोना भाइरस संक्रमणका कारण देश बन्दाबन्दि छ । जसका कारण सिर्जित असहज परिस्थीतिमा आफ्नो ज्यान जोखिममा राखेर काम गर्दै आएका कर्मचारीले खाइपाइ आएको तलब समेत पाएका छैनन् ।

नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीको तलब समयमै प्रदान गर्नु त परको कुरा उनले कोरोनाको महामारिका बेला यसअघि खाइपाइ आएको तलबभत्ता समेत कटौती गरि सामाजिक कार्यमा लगाइरहेकाछन् ।

आफ्नै कर्मचारीको रकममा रजाई गर्ने नेपालगन्ज मेडिकल कलेजका सह–निर्देशक डाक्टर नितेशको गैरजिम्मेवारीका कारण अस्पतालमा कार्यरत सयौं कर्मचारीले सास्ती भोग्नु परेकोछ ।

यसअघि अस्पतालका कर्मचारीले १३ महिनाको तलब पाउने गरेको मेडिकल कलेजका कर्मचारी बताउँछन् । अस्पतालका एक कर्मचारीले भने–‘आन्तरिकरुपमा एक महिनाको तलब नदिनु भनेर उर्दी जारी भएको छ । अब कर्मचारी सबैले १२ महिनाको मात्र तलब पाउँछन् ।’ उनले थपे–‘महिनादिन वित्दा पनि समयमै तलब पाइदैन अब त तलब घटेर आयो ।’

आफ्नै कर्मचारीको श्रम शोषण गर्ने कनोडियाको यतिबेला चर्को आलोचना भइरहेकोछ । ‘घर बनाइदिनु सह्रानीय काम हो तर, आफ्नै घरको परिवार भोकै हुँदा घरका परिवारलाइ पहिला प्राथमिकता दिँदा राम्रो हुन्थियो ?’ अर्का एक कर्मचारीले गुनासो पोखे ।

नाम उल्लेख नगर्ने सर्तमा मेडिकल कलेजका कर्मचारीले भने ‘हामीले दुइ महिनादेखी तलब पाएका छैनौ । अनि मेडिकल कलेजले मृतकका लागि घर बनाइदिदै छ । पैसा बाँड्दै हिँडेको छ । यो हामी माथि अन्याय हो ।’ उनले थपे–‘डाक्टर साबले सामाजिक कार्य गर्न पाउनुपर्छ तर, हामी कर्मचारीको तलबबाट होइन ।’

‘कि त कनोडियाले आफ्नो गोजीबाट रकम खर्च गरि राहत वितरण गर्नुप¥यो, मेडिकल कलेजको नाम राख्नु भएन’ एक कर्मचारीले भने– ‘होइन भने हामीलाई भोकै राखेर मेडिकल कलेजको तर्फबाट राहत बाँड्न पाइदैन ।’

मृतकका आफन्तलाइ घर र पैसा सहयोग गर्दै हिँड्ने प्रबन्धकको अस्पतालमा काम गर्ने चिकित्सहरूले समेत लामो समयदेखि तलब भुक्तानी पाएका छैनन ।

अझ कोरोना भाइरस विशेष कार्यक्रममा खटिने साना कर्मचारीको तलब भत्ता आफूखुसी कटौती गरिरहेकोछ । अस्पतालका एक कर्मचारीले भने–‘विदा नबस्दा पनि विदा बसालिन्छ, विदा बसेको दिनको तलबभत्ता काटिन्छ । यो कस्तो नियम हो ।’

अझ पछिल्लो समय नेपालगन्ज मेडिकल कलेजले मोटो रकम असुल्ने बहानामा स्वास्थ्यसगं खेलवाड गरिरहेको तथ्य बाहिरीएकोछ । कोरोना भाइरसको महामारीका बेला उपचारका लागि आउने बिरामीहरुको कोरोन जाँच नगरी भर्ना लिदाँ आफुहरु असुरक्षित भएको कर्मचारीको गुनासो छ । बाहिर समाजसेवा गर्दै हिँड्ने मेडिकल कलेज र अस्पतालका सह–निर्देशक नितेश कनोडियाले भने आफ्नै संस्था भित्रका कमीकमजोरीलाइ मध्यनजर गर्न सकेका छैनन् । नेपालगन्ज मेडिकल कलेजका सह निर्देशक डा.कनोडियालाई पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन । कार्यालयबाट गरेको फोनलाई कहिले त काटिदिए भने कहिले उठाएनन् ।