कोरोना अपडेट : सोमबार ४५१ थपिदाँ कोरोना संक्रमित ६२११ पुगे


कोरोना अपडेट : सोमबार ४५१ थपिदाँ कोरोना संक्रमित ६२११ पुगे

नेपालगन्ज: नेपालमा कोरोना संक्रमित संख्या ६ हजार २ सय ११ पुगेकोछ । नेपालमा सोमबार मात्रै थप ४ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि यो आँकडा बढेर ६ हजार २ सय ११ पुगेकोछ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो नियमित प्रेस व्रिफिङ्गका क्रममा आज थपिएका ४ सय ५१ सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप ६७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार ४१ पुगेको छ ।

जसमध्ये पुरुष ९ सय ३७ र महिला १ सय ४ जना छन् । जसमा कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए ।

प्रवक्ता डाक्टर गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ । पछिल्लो पटक रुकुम पश्चिममा कोरोना संक्रमित भेटिएको हो ।