कोहलपुरका १९ वर्षिय युवामा कोरोना पुष्टि


कोहलपुरका १९ वर्षिय युवामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेमा थप एकजनामा कोरोना भाइरस संक्रमण देखिएकोछ । बाँकेको कोहलपुरमा आज एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा कोहलपुर नगरपालिका वडा नम्बर–२ का १९ वर्षिय युवामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै भेरीमै गरिएको परीक्षणमा बर्दियाका ४ पालिकाका ९ जनामा समेत कोरोना संक्रमण देखिएको छ । जसमध्ये ठाकुरद्वारा र राजापुरका १–१ जना पुरुष रहेका छन् भने मधुवन २, ६ र ७ नम्बर वडाका तीन जना पुरुष तथा बढैयाताल गाँउपालिका २ का १८ देखि ३० वर्ष उमेर समुहका ४ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।