चीनिया सेनाले तीन भारतीय सैनिक मारे


चीनिया सेनाले तीन भारतीय सैनिक मारे

नेपालगन्ज : चीनिया सेनाले तीन भारतीय सैनिक मारेकाछन् । चीन–भारत सीमा क्षेत्रमा भएको झडप भारतीय सैनिकको मृत्यु भएको हो ।

नेपाली भूमि लिपुलेख, लिम्पियाधुरा र कालापानी लगायतको क्षेत्र आफ्नो दावी गरिरहेको भारतको चीनसंगको सीमानाकामा लामो समयदेखि विवाद रहदै आएको थियो ।

चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएपछि तीन भारतीय सैनिकहरु मारिएका हुन् । मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् ।

सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर, एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो । तर, सोमबार राती गोली हानाहान हुदाँ चीनिया सेनाले भारतीय तीन सेनालाई मारेको छ ।

भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको दाबी गरेका छन् । वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउने प्रयास भइरहेको उल्लेख छ ।

पछिल्लो समय भारतको आफ्नै रवैयाका कारण छिमेकी देशसगंको दूरी र तनाव बढ्दै गएकोछ । छिमिकी राष्ट्र नेपालसगं सम्बन्धमा तिक्तता नआएको पछिल्लो पटक भारतले एकतर्फी नेपाली भूमी भारतमा रहेको भन्दै नक्शास सार्वजनिक गरेको थियो । यसलगत्तै नेपाल–भारत सम्बन्धमा चिसोपना समेत आएकोछ ।

सीमा विवादसम्बन्धि नेपाल सरकारले चालेकका हरेक प्रयासलाई वेवास्ता गरेपछि नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्शा समेत संसदबाट सार्वजनिक गरेकोछ ।