जम्मा संक्रमित ६५९१, मृत्यु १९, डिस्चार्ज ११५८
नेपालगन्ज: मङ्गलबार नेपालमा थप ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसगैं नेपालमा कोरोना संक्रमित संख्या ६ हजार ५ सय ९१ पुगेकोछ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङ्गमा नेपालमा मङ्गलबार थप ३ सय ८० जनामा संक्रमण देखिएको हो ।
यस्तै मन्त्रालयका प्रवक्ताका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय १७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ५८ पुगेको छ । भने कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको प्रकोप नेपालमा ७३ जिल्लामा फैलिएकोछ ।