मेडिकल कलेजका सरसफाई कर्मचारी आन्दोलनमा


मेडिकल कलेजका सरसफाई कर्मचारी आन्दोलनमा

नेपालगन्ज : बाँकेमा कोरोनाको सन्त्रास उत्तिकै छ । अस्पतालहरूमा विरामीको चाप बढिरहेको छ । नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक नितेश कनोडिया राहत वितरणमा लागेका छन् । तर, उनकै संस्था मेडिकल कलेजमा कार्यरत सरसफाइकर्मीहरू सामान्य मास्क समेत नपाएको भन्दै आन्दोलनमा छन् । सहायक निर्देशक कनोडियालाई आफना कर्मचारीका समस्याको कुनै प्रवाह छैन् ।

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु खाइपाई आएको तलबभत्ता समेत नपाएको समाचार बाहिरीएको बेला सरसफाइकर्मीले सामान्य मास्क समेत नपाएको बताएका छन् । नियमित तलब नपाएपछि कहिले आन्दोलन त कहिले प्रशासनको ढोका ढक्ढक्याई रहेका करिब १५ सय कर्मचारीमध्येका सरसफाईकर्मीले मंगलबार मास्क नपाएको भन्दै आन्दोलन गरेका हुन् ।

नेपालगन्ज मेडिकल कलेज अन्र्तगत तीन वटा कर्मचारी संघ, संगठन छन् । कर्मचारी संघ, कर्मचारी संगठन र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन रहेका छन् । अहिले मेडिकल कलेजका कर्मचारीहरु अन्य सुविधा त परै जाओस् गतिलो मास्कको अभावमा काम गरिरहेकाछन् ।

स्वास्थ्यकर्मी सुमन गीरी श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेजले सरसफाईकर्मी लगायतका कर्मचारी माथि ज्यादती गरेको छ । मेडिकल कलेजले सरकारको नियम कानून नै उल्लङ्घन गरी कर्मचारीमाथि अन्याय गरेको उनीहरू बताउँछन् ।

सरसफाईकर्मीहरूको विरोधपछि कलेजको ठेकेदार कम्पनीका प्रतिनिधीले सरसफाईकर्मीलाई प्रतिव्यक्ति एउटाका दरले सर्जिकल मास्क वितरण गरेका थिए । कलेजका सहायक निर्देशक कनोडियासँग यस बिषयमा बुझन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । उनको मोबाईल सम्पर्क हुन सकेन् ।

यो पनि पढ्नुहोस्

तलब नपाएका मेडिकल कलेजका कर्मचारी श्रम कार्यालयदेखि सिडिओ कार्यालयसम्म

‘नेपालगन्ज मेडिकल कलेजका कर्मचारी भोकै, कनोडिया राहत बाँड्दै’

आर्थिक संकटमा नेपालगन्ज मेडिकल कलेज