खुकुलो लकडाउन, उस्तै जोखिम


खुकुलो लकडाउन, उस्तै जोखिम

नेपालगन्ज: बाँकेका व्यवसायी र उपभोक्ता दुवै असुरक्षाकाबीच निधक्क कारोवार गरिरहेका छन् । अस्वस्थ प्रतिस्पर्धाले असुरक्षित देखिने यहाँको व्यवसाय यतिबेला कोभिड १९ को शन्त्रासले असुरक्षित बन्दै गएको छ ।

संघीय तथा प्रदेश सरकारको आदेशमा बाँके प्रशासनले यहाँको नेपालगन्ज लगायतको बजार खोलेपछि व्यवसायीले कारोवार शुरू गरेका छन् । तर, उनीहरूको सुरक्षाको कुनै ग्यारेन्टी छैन् । केही दिन यताको नेपालगन्जलाई हेर्दा बजार चारैतिर खुलेका छन् । सवारी चलकै छन् । उपभोक्ताले जुनसुकै अवस्थामा सहजै सामान खरिद गरेकै छन् । प्रशासनको उपस्थिती बजारमा छैन् । बजारमा सामाजिक दुरी रसुरक्षा कायम गरिएको देखिदैन् । प्रहरी उदासिन छ । अनुगमन प्रभावकारी हुँदैन् । हिजो भन्दा आज नेपालगन्ज कोरोना संक्रमणको झनै उच्च जोखिममा छ ।

बाँकेमा रामबहादुर कुरूवाङ प्रमुख जिल्ला अधिकारी भएर आएपछि आम नागरिकले उनीबाट ठूलै अपेक्षा गरेका थिए । तर, अहिले बजारमा देखिएको उनको फितलो सुरक्षा व्यवस्थाले अपेक्षा विपरित संक्रमणको त्रास फैलिएको स्थानीय स्मृति डीसी बताउँछिन् ।

उनकाअनुसार प्रशासनले लकडाउनलाई खुकुलो बनाएर झनै कोरोना जोखिम बढाईरहेको छ । अहिले बजारका हरेक पसलमा उपभोक्तको उत्तिकै भीड हुने गरेको छ । पसलवालाले समेत सामाजिक दूरी कायम गर्ने÷गराउँने, सेनिटाइजरको प्रयोग गरी दुवैपक्षको सुरक्षाका लागि गम्भीर हुने गरेका छैनन् । यसले नेपालगन्जमा कोरोना संक्रमणको सन्त्रास बढिरहेको छ ।

नेपालगन्जका विविध व्यवसायी निकै त्रसित देखिन्छन् । कोरोना महामारीको त्रासबीच व्यवसाय सञ्चालन गरिरहेका उनीहरू संक्रमणको अनिश्चितता भने बोकेरै बसेका छन् । दिनरात नभनी व्यवसाय सञ्चालन गर्नुको थकान उस्तै हुन्छ त्यसमाथि कोरोना संक्रमणको त्रासले त मर्नु न बाँच्नु बनायो धम्बोझीका व्यवसायीटेकराज केसीले भने ‘संक्रमितको संख्या बढेको बढ्यै छ । कतिखेर के हुन्छ भन्नै सकिँदैन ।’ उनकाअनुसार संक्रमणको जोखिमबीच व्यवसायीलाई परिवारको सुरक्षाको पनि उत्तिकै तनाव छ ।

लकडाउनकै कारण व्यवसायीहरू आफ्नो ९५ प्रतिशतभन्दा बढी व्यापार घटेको बताउँछन् । होलसेलहरूले डेलिभरी दिँदैनन् । सरकारले अत्यावश्यक क्षेत्रलाई बेवास्ता गरेर आफ्नो अनुत्तरदायी चरित्र उदांगो पारेको छ उनले भने ‘मारमा व्यवसायी परेका छन् ।’