निर्माणाधिन वाटरपार्क अवलोकन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ लगायत जनप्रनिधिको टिम ।
नेपालगन्ज: बाँकेको नेपालगन्जस्थित धम्बोझीमा निर्माण भैरहेको वाटरपार्कको अवलोकन गर्न जानेको भीड नै लाग्ने गरेको छ । सेतोखरीमा यसका कार्यकारी सम्पादक कमल न्यौपानेले केही दिनअघि वाह मनमोहक ‘वाटरपार्क’ शीर्षकमा सुझावसहितको यथार्थ चित्रण गरेपछि आजभोली वाटरपार्क हेर्न जानेको भीड नै लाग्ने गरेको हो ।
सेतोखरीमा उक्त बिश्लेषणात्मक समाचार आएपछि भोलीपल्टै वाटरपार्क पुगेका खजुराका ऋषि पोखरेलले वास्तवमा विकास र पर्यटनको प्रबद्धन वाटरपार्कको निर्माणले देखाएको बताए । उनले यसको संरक्षण र सम्भार तथा विकास गर्न सबैले लागि पर्नुपर्नेमा जोड दिएका छन् ।

वाटरपार्क निमार्णको वास्तविकता र यसको सम्भावनाका बारे उक्त समाचारमा खुलस्त भएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ, सहायक प्रजिअ हरि प्याकुरेल नेपालगन्ज उपमहानगरपालिका वडा १ का अध्यक्ष प्रमोद रिजाल र १८ का अध्यक्ष दीपक बर्माको टोली समेत बुधबार वाटरपार्कको अनुगमन तथा निरिक्षणमा पुगेको थियो ।
विकासका लागि पहिलो पटक २०५० सालतिर विकासको गुरूयोजना बनेको दस्तावेजले देखाएको छ । त्यतिबेला बनाएको गुरूयोजना कार्यान्वयन हुन सकेन् । गुरूयोजनाले कोरेको सबैभन्दा महत्वाकांक्षी सपना थियो– ‘नयाँ टाउन प्लानिङ’ । हिजो र आज यहाँको भौतिक विकासमा सबैभन्दा ठूलो बाधक हो– ढल निकास ।

सहरलाई सुन्दर र समृद्ध बनाउन विविध योजना पनि नबनेका होइनन् । तर, ती योजना र दृष्टिकोण कार्यान्वयनमा ल्याएको देखिएन । यहाँका राजनीतिक दल र नागरिक समाज पनि विकासको मामलामा मौन बसेकै हुन् । त्यो त यहाँका केही विकासे उदाहरणले पनि प्रष्ट पारेकै छन् ।
भनिन्छ, नेपालगन्ज सम्भावनाको सहर हो । यसलाई पश्चिमको ‘गेट वे’ मानिन्छ । नेपालगन्ज टिकेकै उसको आफ्नो ईतिहासले हो भन्दा अझैं अनर्थ नहोला । यी र यस्तै कारूणीक पीडा र रोदनमा रूमलिएको, विकास तथा संरक्षणको पखाईमा वषौंदेखि दुनियाँलाई गिज्जाईरहेको योजनामध्येको एउटा हो ‘वाटरपार्क’गुरूयोजना पनि ।
अहिले त्यहि दुनियाँको हाँसो पात्र वाटरपार्क निर्माण पुरा हुने संघारमा छ । यतिबेला वाटरपार्कमा सौन्दर्यीकरण वा यसको पुनरूप दिने काम चलिरहेको देखिएको छ । १३ वर्ष पुरानो हो यो योजना । ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा वाटरपार्क रहनेछ । बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने डिजाइन छ ।
वाटरपार्कको १० बिघा तउले ओगटेको छ । तलाउलाई डुङ्गा बिहार र पौडी पोखरीका रूपमा विस्तार हुँदैछ । पार्कमा आकर्षक फूलबारी, बाल उद्यान, व्यापारिक प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिदैँछ । वाटरपार्क बरिपरि पक्की सडक निर्माण छ । जसले यस क्षेत्रका नागरिकलाई विहान बेलुको मर्निङवाक मात्र नभई युगलजोडीको डेटिङस्पटका रूपमा भोली पहचिान बनाउँने देखिन्छ ।

उक्त योजना २०६५ मा शुरू भएको थियो । विविध कारणले अहिलेसम्म योजनाले पूर्णता पाउन नसकेको यथार्थ हो । स्थानीय तहको निर्वाचनपछि प्रमोद रिजालले यस वडाको जनप्रतिनिधीका रूपमा आफूलाई उभाए । यो वडा उपमहानगरको एक नम्बर वडा हो ।
उपमहानगरपालिकासँगको पहलकदमीकाबीच अहिले उक्त वडामा रहेको पुरानो तथा ऐतिहासिक पर्यटकीय गुरूयोजनाले रूप फेर्दै छ ।शहर भित्रको शहर ‘न्यू सिटी’ बनाउँने अर्को योजनाले त वाटरपार्कको महत्व अझै बढाउँने देखिएको छ । सिटी कस्तो बन्ला ? अहिले आम बाँकेबासीको चासोको बिषय बन्दै गएको छ ।