युनियन आबद्ध पत्रकारलाई माक्स र स्यानिटाइजर वितरण

२० जना पत्रकारको कोरोना बीमा गरिने : केन्द्रिय सदस्य केसी


युनियन आबद्ध पत्रकारलाई माक्स र स्यानिटाइजर वितरण

नेपालगन्ज : नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जयसिंह केसीद्वारा युनियन आबद्ध बाँकेका पत्रकारलाई गुणस्तरीय मास्क र स्यानिटाइजर वितरण गरिएकोछ ।

कोरोना भाइरस संक्रमणको दर बढिरहदाँ विशेषगरि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी जोखिममा रहेकाछन् । कोरोना भाइरस संक्रमणको यो जोखिमका बेला विशेषगरि जनतालाई सुसोचित गराउने सञ्चारकर्मीको स्वास्थ्यलाई मध्यनजर गर्दै नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जयसिंह केसीले युनियन बाँके आबद्ध ६० जना पत्रकारलाई केएन–९५ माक्स र स्यानिटाइजर प्रदान गरेका हुन् ।

नेपाल प्रेस युनियन बाँकेको आयोजनामा नेपाली काँग्रेस पार्टी कार्यालय नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको हो । युनियनका केन्द्रिय सदस्य केसीले देशविदेशका विभिन्न ठाँउमा रहेका आफ्ना शुभचिन्तक, साथीभाईसंगको सहयोगमा बाँकेका पत्रकार तथा नागरिकलाई कोभिड–१९ को समयमा परेको समस्या समाधानका लागि यस्तो पहल गरेका हुन् ।

लकडाउनका बेला पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोनामा जोखिम मोलेर रिर्पोटिङमा खटिने पत्रकारका लागि प्रभावकारीरुपमा काम गर्न सकेको छैन ।

यस्तो अवस्थामा युनियनका केन्द्रिय सदस्य केसीले पत्रकारलाई कोरोना संक्रमणको रिर्पोटिङ्गका क्रममा हुने जोखिमबाट बच्न माक्स र स्यानिटाइजर सहयोग गरिएको हो ।

प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको उक्त स्वास्थ्य सामाग्री वितरण कार्यक्रमकी प्रमुख अतिथी नेपाली काँग्रेस बाँकेकी सभापती किरण कोइरालाले लकडाउनबाट सिर्जित असहज परिस्थितीमा युनियन आबद्ध पत्रकारका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता दिइन् ।

यस्तै कार्यक्रमका विशेष अतिथी नेपाली काँग्रेस पार्टी सचिव कपील शर्माले जोखिमका बेला युनियन बाँकेका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको भन्दै युनियन केन्द्रिय सदस्य केसीलाई धन्यबाद दिएका थिए ।

स्वास्थ्य सामाग्री प्रदान गर्दै केसीले युनियन बाँकेमा आबद्ध २० जना पत्रकारको कोरोना जीवन बीमा गर्ने र त्यसका लागि युनियन बाँकेसंग समन्वय गर्ने बताए । उनले पत्रकारहरुको सुरक्षाका लागि पत्रकार महासंघले आवश्यक औजारहरु प्रदान गर्दै सचेतना र सहिजकरणमा भूमिका खेल्नुपर्ने हो । तर, महासंघ भूमिकाहिन भएपछि आफूले युनियनका केन्द्रिय सदस्यको हैसियतले बाँकेमा सक्रियरुपमा कोभिड–१९ को रिर्पोटिङ्ग गरिरहेका पत्रकारहरुलाई विविध सहयोग गरेको हुँ ।’

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले लकडाउनसगैं सिर्जित असहज परिस्थितीमा युनियन बाँकेले गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए । उनले युनियन बाँकेका पत्रकारलाई आवश्यक सहयोगका लागि थप योजनाबद्ध भइ अघि बढेको समेत प्रष्ट्याए ।

माक्स तथा स्यानिटाइजर वितरण कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसी, केन्द्रिय सदस्य जयसिंह केसी, नेपाल पत्रकार महासंघ केन्द्रिय पूर्व उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष शुक्रऋषी चौलागाई, अग्रज पत्रकार विजय बर्मा, कृष्ण खनाल, अवधि पत्रकार समाजका सस्थापक अध्यक्ष सूर्यलाल यादव, केन्द्रिय अध्यक्ष राकेश मिश्रा, ठकुरी पत्रकार समाज नेपालकी केन्द्रिय अध्यक्ष करुणा शाह, मधेशी पत्रकार समाजका अध्यक्ष विनयराज त्रिपाठी, क्रियाशिल महिला पत्रकार संघ बाँकेकी अध्यक्ष अमृता केसी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।