जनताको घरदैलोमा सांसद ‘नमूना’


जनताको घरदैलोमा सांसद ‘नमूना’

जनताको घरदैलोमा जनतासँग भलाकुसारी गर्दै प्रदेश सांसद कृष्णा केसी ‘नमूना’ । तस्वीर : सेतोखरी

नेपालगन्ज :  बेला जनातलाई भोट बैंक बनाउँने र चुनाव जितेपछि जनताको दैलो त परै जाओस् गाउँमै नर्फने राजनीतिक प्रवृतिको केही नेताहरूले अन्त्य गर्न थालेका छन निर्वाचनका।

स्थानीय तहको होस् यहाँ प्रदेश र संघीय तहको निर्वाचन ताका उम्मेदवारदेखि उनका सहयोगीले गाउँ भरिन्थे । तर निर्वाचनको परिणाम हात परेपछि अधिकाशं जनप्रतिनिधी गाउँ फर्कन छाडेका छन् ।

यो पुरानै रोग हो । देश संघीयतामा गएपछि प्रदेश तथा संघीय सांसद, पालिका स्तरका प्रमुख उपप्रमुख मात्रै होइन वडाअध्यक्ष समेत गाउँ छोडेर सहरमुखी हुँदै आएका छन् । महिनामा २५ दिन सहमा मोजमस्ती गर्ने पाँचदिन गाउँमा बस्ने प्रवृत्ति अहिलेपनि कायमै छ ।

यस्तो अवस्थामा प्रस्तावित लुम्बिनी प्रदेश अन्तर्गत बाँकेका प्रदेश सांसद कृष्णा केसी ‘नमूना’ भने आफनो निर्वाचन क्षेत्रका जनताको सुखदुःख बुझन र कृषिको प्रबद्धनका साथै समग्र विकासका बारे सुझाव संकलन गर्न जनातको घरदैलोमा पुग्ने गरेकी छन् ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेको बाँकेमा यसको रोमथाम नियन्त्रण तथा आमनागरिको सुरक्षा र व्यवस्थापनमा उल्लैख्य भूमिका खेलेकी सांसद नमूनाले आफनो निर्वाचन षेत्रका आम नागरिकलाई पनि उत्तिकै समय दिनकुका साथै कोरोना सक्रमणबाट बच्न र बचाउन सचेतना समेत अभिबृद्धि गरेकी छन् ।

कोरोना हटस्पट बनेको नरैनापुरमा जोखिम मोलेर हरेक दिन पुग्ी जनताका माझमा रही उनले प्रदान गरेको सचेतनाले आम नागरिकलाई दिएको हौसला र उच्च मनोवलका साथै स्वास्थ्यकर्मीको प्रभावकारी निगरानीले छोटो समयमै नरैनापुर कोरोनामुक्त पालिका बनेको छ ।

कोभिड–१९ को शुरुवातमा नेपाल भारत सीमा नाका जमुनाहमा दिनरात नभनि नागरिकको सेवा खटिएकी सांसद नमूनाको जनताप्रतिको आकर्षणले उनको निर्वाचन क्षेत्रमा मात्रै होइन उनी बाँकेमै यतिबेला जनप्रिय नेताका रूपमा आफनो पहिचान बनाउँन सफल भएकी छन् ।

प्रदेश सांसद कृष्णा केसी ‘नमूना’ यतिबेला किसानका पीरमर्का बुझदै उनीहरूका तत्कालिन समस्या समाधानमा जुटेकी छन् । कोभिड–१९ को समयमा आफनो जीउ ज्यानको ख्याल नगरी आमनागरिकको सेवा र कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रियता देखाएकी नमूनाले राप्तीसोनारी गाउँपालिकाका किसानलाई ज्ञान केन्द्रको सहयोगमा प्राप्त कृषि औजार वितरण गरेकी छन् ।

उक्त गाउँपालिकाको वडा नम्बर पाँचमा रहेको साकारा कृषि सकारी सलिमिटेड मार्फत यहाँ आबद्ध किसानलाई उनले यान्त्रिकमुखी खेतीगर्न उत्प्रेरित गर्दै विविध औजारहरू वितरण गरेकी छन् । विद्यार्थीकालबाट राजनितिमा होमीएकी (नमूना) राजनितिकमा मात्र नभई, सामाजिक सेवाका क्षेत्रमा पनि उत्तिकै चलेको नाम हो ।


बाँके क्षेत्र नम्बर–१ को प्रतिनिधित्व गर्ने सांसद केसीले सम्वाद समूहको माध्यमबाट पनि समाजसेवा र बाँकेको समग्र विकास निर्माणमा उत्तिकै भुमिका खेलेको सम्वाद समूहका प्रतिनिधी शुक्रऋषि चौलागाई बताउँछन् ।

राजनितीिर भुगोल तथा आफन्तवादभन्दा माथि र उठेर आमनागरिक समान हुन भन्ने सिद्धान्तका साथ समाज सेवामा लागेकी विकासमुखी नेतृ केसी आफनो जिम्मेवारीबाट मन्छिन खाज्नेहरूको भडिमा उनी एकलै क्रियाशिलता देखाउँछिन । र, आँटेको काम यो वा त्यो ढंगबाट पुरा गरेकी छाड्छिन् । यो उनको अहिलेसम्मको कामले पनि प्रष्ट पारिसकेको उनका सहयोगीहरू बताउँछन् ।

कोरोनाको सन्त्रास फैलिइरहेका बेला उनले विपन्नहरुका लागि राहत संकलन र वितरणमा समेत अग्रस्थानमा रहेर कोष नै खडा गरी नागरिकको चराईरहेको घाउमा मल्हमपट्टी लगाउँने काम गरिन् । यो नूमनाको ‘देशभरमै नमूना कामका रूपमारहेको छ ।

कोभीड– १९ रिलीफ फण्डका नाममा संकलित राहत स्थानीय तह मार्फत सबै गाउँपालिकालाई प्रदान गरिएको छ । गाउँमा आमनागरिकले जनप्रतिनिधीको सक्रियता र उपस्थिति पनि खोजीरहेका छन् । तर, बाँकेबाट संघीय तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अधिकाशं साँसद जिल्लामै देखिदैनन् । गाउँ तथा आफनो निर्वाचन क्षेत्रको त कुरै छाडौं । थिए ।

बाँकेका दर्जनबढी साँसद लापत्ता भएको बेला उनले यहाँका विभिन्न क्वारेन्टाईन व्यवस्थापनदेखि त्यहाँ रहेका नागरिकलाई घर पु¥याउने सम्मको काममा उत्तिकै भूमिका र सक्रियता देखाएकी छन् । अहिले पनि उनी सहजिकरण र जनताका समस्या समाधानका लागि राय सल्लाह र सुझाव संकलनमै व्यस्त छन् ।

नेपालगन्जमा कोरोना परिक्षण किट लगायत स्वास्थ्य सामाग्रीको परिपूर्ती, भेरी अस्पतालमा पीसिआर जडान, खजुरा अस्पतालमा आइसोलेशन निर्माण लगायतमा पनि उनको उत्तिकै भूमिका छ ।

नरैनापुरमा सामुदायिक आइसोलेशन बनाइनुपर्ने, क्वारेन्टिइन व्यवस्थित गर्नुपर्ने, आरडीटी, पीसीआर बढाइनुपर्ने लगायतका १२ बुँदे माग राखेर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रल र सामाजिक विकास मन्त्री सुदर्शन बराललाई दबाब दिएपछि त्यतिबेला हटस्पट बनेको नरैनापुरको यो समसया केही हदसम्म समाधान भएको थियो । यसले उनको लोकप्रियता झनै बढेको छ । उनको जनमुखी व्यवहारले आमनागरिक भन्छन ‘सबैका लागि– सधैका लागि साँसद ‘नमूना’ ।