नेपालगन्ज : बिहीबार विहान गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । गण्डकी प्रदेशका ७ वटा जिल्लमा गरी ७६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
प्रदेशको स्याङ्जा, पर्वत, तनहुँ, बागलुङ, मनाङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र गोरखामा थप ७७ जना कोरोना संक्रमित थपिएका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले बताएका छन् ।
संक्रमित मध्ये मनाङ जिल्लामा भेटिएका संक्रमित कपीलबस्तुबाट फर्किएका हुन् भने बाँकी सबे भारतबाट आएका नेपाली हुन् ।
उनले आज विहान एक विज्ञप्ती जारी गर्दै प्रदेशमा ७७ जना नयाँ संक्रमित थपिएको पुष्टि गरेका हुन् । योसगैं गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या २९४ पुगेकोछ ।