महोत्तरी : महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा मात्रै बुधबार २७३ कोरोना संक्रमित भेटिएकाछन् ।
जिल्लामै एउटै पालिकामा ठूलो मात्रामा कोरोना संक्रमित भेटिएपछि महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा हिजो बुधबार राती १२ बजेदेखि सिल गरिएको छ । योसगै महोत्तरीमा अहिलेसम्म कूल ५ सय ८ जना कोरोना पोजेटिभ भएको जनाइएको छ ।
बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका २७३ जनाको कोरोना रिजल्ट पोजेटिभ आएपछि गए राती १२ बजेदेखि आउँदो शनिबार मध्यराती १२ बजेसम्मको लागि सो गाउँपालिका सिल गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो गाउँपालिकामा ७२ घण्टासम्म अत्ति आवश्यक र आकस्मिकबाहेकका सबै थोक निषेध गरिएको जनाएको छ ।