नेपालगन्ज : कैलाली लम्की चुहा नगरपालिका वडा नम्बर–२ की ४३ वर्षिय कोरोना संक्रमित महिलाको बाँकेमै दाहसंस्कार गरिएकोछ । बाँकेको राप्तीसोनारी गाउँपालिका ढकेरी स्थित सामुदायिक वनमा उनको दाहसंस्कार गरिएको हो ।
नेपाली सेनाको विशेष टोलीले उच्च स्वास्थ्य सर्तकता अपनाउदै स्वास्थ्य उपकरणको बन्दोबस्तमा आज बिहीबार अन्तेष्टि गरेको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गुमाएकी कोरोना संक्रमित महिलाको बाँकेमै अन्तेष्टि गरिएको हो ।
टाउकोमा गम्भीर चोट लागेर कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको सघन कक्षमा उपचार गराइरहेकी महिलाको असार २ गते मृत्यु भएको थियो । उनको स्वाब नेपालगन्ज स्थित भेरी अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ पाइएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । बाँकेमा २४ घण्टाको अन्तरालमा सोही अस्पतालमा कोरोना संक्रमणका कारण दुई महिलाको ज्यान गएकोछ । यसअघि असार १ गते बाँकेको बैजनाथ गाँउपालिकाकी एक महिलाको मृत्यु भएको थियो । उनको मृत्यु अगाडी स्वाब परीक्षणका लागि लगिएको भएपनि मृत्युपश्चात रिपोर्ट आउदाँ कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसगैँ बाँकेमा मृत्यु पश्चात कोरोना संक्रमण देखिएको ३ वटा केस रहेको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठ बताउँछन् । उनको शवलाई पनि नेपाली सेनाकै टोलीले बाँके–बर्दियाको सीमाना मानखोला नजिकैको जंगलमा लगेर अन्तेष्टि गरेको थियो । बाँकेको तथ्यांक हेर्दा एक पुरुष र दुई महिलाको मृत्यु भइसकेकोछ ।