अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित भेटिए

जम्मा संक्रमित संख्याः ७८४८, निको : ११८६, मृत्यु : २२


अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित भेटिए

File Photo

नेपालगन्ज : नेपालमा बिहीबार अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएकाछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित प्रेस व्रिफिङ्गका क्रममा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढि ६७१ जना संक्रमित भेटिएको जनाएकोछ ।

पछिल्लो २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

हिजो बुधबारमात्रै ५८६ जना कोरोना संक्रमित भेटिएको नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका ६७१ सहित नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको प्रवक्ता डाक्टर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ८६ पुगेको छ ।

कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भने प्रवक्ता डाक्टर गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ ।

देशभर हालसम्म एक लाख  हजार ५५ हजार ५१८  पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार ४३ हजार ७५ हजार  जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ५ हजार ७४६ जनाको पीसीआर परीक्षण गरिएको छ । 

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा एक लाख १६ हजार २१५ मानिसहरु रहेका छन् भने आइसोलसनमा ६ हजार ६४८ कोरोना संक्रमितहरु रहेका छन् ।